0
Shares
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट भएको छ । आइतबार सुन तोलाको १३ सयले घटेर एक लाख ४६ हजार दुई सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४७ हजार पाँच सय रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख ४५ हजार पाँच सयमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेर तोलाको एक हजार ८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।