कीर्तिमानी मूल्य बनाएको सुनको मूल्य यो साता कति बढ्यो ?

0 Shares

काठमाडौं । पछिल्लो साता नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यो साता सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ४६ हजार ७०० रुपैयाँ थियो । यो साताको अन्तिम कारोबारको दिन शुक्रबारसम्म आइपुग्दा एक लाख ४७ हजार ५०० रुपैयाँ कायम भएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोलामा एक लाख ४६ हजार रुपैयाँबाट बढेर एक लाख ४६ हजार ८०० रुपैयाँ पुगेको छ । यो साता नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायमसमेत बनाएको थियो ।

महासंघका अनुसार बुधबार सुनको मूल्य तोलाको एक लाख ४९ हजार ८०० रुपैयाँ पुगेको थियो । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

यो साता चाँदीको मूल्यमा भने गिरावट भएको छ । गत साताको शुक्रबार तोलामा १९ सय रुपैयाँ कायम सुनको मूल्य यो साता ७० रुपैयाँले घटेको हो । जसअनुसार यो साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला १८ सय ३० रुपैयाँ कायम भएको छ ।

 

सम्बन्धित समाचार