प्रचण्डको चकचकले कांग्रेस-एमालेको गठबन्धन बन्यो : गगन थापा

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण नयाँ सत्ता गठबन्धन बनेको बताएका छन् । उनले नेकपा एमालेसँग मिलेर सरकारमा पुगेको कांग्रेसले औचित्य पुष्टि हुने गरी काम गर्नु पर्ने बताए ।

कांग्रेसका स्थापक नेता वीपी कोइरालाको ४२ औँ स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रचण्डको चकचकका कारण नयाँ सत्ता गठबन्धन बनेको बताए ।

‘म सबैलाई सधैंभरी झुक्याउन सक्छु भन्ने भ्रम प्रचण्डले नपालेको भए अहिलेको यो सरकार बन्दैनथ्यो,’ उनले भने, ‘उहाँको चकचककै कारणले यो परिस्थिति निर्माण भएको हो ।’

महामन्त्री थापाले भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा विश्वासको मत लिनुअघि दुई पार्टीबीच भएको सात बुँदे सहमति पढेर सुनाउनु पर्ने बताए ।

उनले आफूहरूले पढेपछि मात्रै दुई ठूला दलहरू मिल्ने गरी काम भएको बताएका थिए । ‘हामीले पढेकै आधारमा पार्टीभित्र निर्णय गरेका हौँ, तर त्यसको मर्यादा राखेर प्रधानमन्त्रीले भोलि सदनमा पढेर सुनाउनु हुन्छ भन्ने विश्वास छ,’ उनले भने ।

सम्बन्धित समाचार