0
Shares
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा एमालेका २८ विभागले बुझाएको प्रतिवेदनमा संविधान संशोधन सहित आगामी चुनाव इलेक्ट्रोनिकद्धारा भोटिङ हुनुपर्ने सुझाव दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा शुक्रबार ओलीलाई एमाले विभागहरुको २३३ पेज लामो पुस्तिकामा विकास निर्माणका एजेण्डा सहित संविधान संशोधनको एजेण्डा घुसाएको हो ।
राजनीतिक स्थायीत्वका लागि निर्वाचन प्रणाली सम्बन्धी र संविधानका व्यवस्थाहरु संशोधन गर्न एमाले विभागले सुझाव दिएको छ । निर्वाचन प्रणाली र संविधानका कस्ता व्यवस्थामा संशोधन गर्न खोजिएको भन्ने खुलाएको छैन । आगामी दिनका निर्वाचन समेत इलोक्ट्रोनिक प्रविधि मार्फत गर्न आग्रह गरिएको छ । एमालेको विभागले बुझाएको ९९ बुँदामा विकास निर्माण सहित शिक्षा, स्वास्थ्य, पर्यटनका लगायतका विषयमा विविध सुझावदिएको छ ।