दोस्रो पटक ओलीको राजनीतिक र आर्थिक सल्लाहकारमा रिमाल र खतिवडा

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा दोस्रो पटक नियुक्त भएका छन् । यसअघि उनीहरू ओलीको अघिल्लो कार्यकालमा पनि सोही जिम्मेवारीमा रहेका थिए ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको राजनीतिक सल्लाहकामा रिमाल र आर्थिक सल्लाहकारमा खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ जानकारी दिए ।

हाल पार्टी उपमहासचिव रहेका थिए खतिवडा राष्ट्रियसभा सदस्य भएपछि अर्थ मन्त्री बनेका थिए । राष्ट्रियसभा सदस्यको समय सकिएपछि ओलीकै आर्थिक सल्लाहकार भएका थिए ।

उनी पूर्व गर्भनर तथा पूर्व राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत भएका थिए ।

सम्बन्धित समाचार