शुक्रबार सुनको भाउ घट्यो, तोलामा कति ?

0 Shares

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुकबार सुनको भाउ तोलाको २ हजार रुपैयाँले घटेको छ । बिहीबार ३०० रुपैयाँले घटेको सुनको भाउ शुक्रबार २ हजार रुपैयाँले घटेको हो ।

शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ४२५ दशमलव १६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर ५९ पैसामा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार