सोमबार सुन चाँदीको भाउ बढ्यो, तोलामा कति ?

0 Shares

काठमाडौँ । सोमबार छापावाला सुनको भाउ सामान्य बढेको छ । आइतबार स्थिर रहेको सुनको भाउ सोमबार प्रतितोला २०० रुपैयाँ बढेको हो ।

सोमबार छापावाला सुनको भाउ सुनको भाउ १ लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको भाउ सुनको भाउ १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदी १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ४१० दशमलव ७६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ९ पैसामा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार