सुनको भाउ तोलामा ९०० रुपैयाँ घट्यो

0 Shares

काठमाडौँ । सुनको भाउ तोलामा ९०० रुपैयाँ घटेको छ । मंगलबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदी १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ८९० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ३६८ दशमलव ०९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ९६ पैसामा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार