काठमाडौँ । सुनको भाउ रेकर्ड मूल्यबाट घटेको छ । आइतबार एक हजार रुपैयाँ बढेर रेकर्ड बनाएको सुनको भाउ आज तोलामा ४०० रुपैयाँले घटेको हो ।
सोमबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमबार चाँदी १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ३८४ दशमलव २४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३१ डलर ०७ पैसामा कारोबार भइरहेको छ ।