सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले बढ्यो

0 Shares

काठमाडौँ । आइतबार सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले बढेको छ । आइतबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार प्रतितोला चाँदीको मूल्य २० रुपैयाँ बढेको छ । शुक्रबार १ हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ३६२ दशमलव ६४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ५५ पैसामा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार