आज पनि सुनको मूल्यमा वृद्धि

0 Shares

काठमाडौं । नेपाली बजारमा लगातार सुनको मूल्य वृद्धि भएको छ । सोमबार सुनको मूल्य तोलामा दुई सयले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज सुनको मूल्य वृद्धि भएसँगै प्रतितोलाको एक लाख ४२ हजार दुई सय पगेको जनाएको छ । यसअघि आइतबार छापावाल सुन तोलामा एक लाख ४२ हजारमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सयमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार