काठमाडौँ । सेयर बजार ८.२४ अंकले घटेको छ। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२४ अंकले घटेर २०५१.९२ को बिन्दुमा सिमित भएको हो।
अघिल्लो कारोबार दिन बुधबार पनि नेप्से ११.६० अंकले घटेर २०६०.१६ को बिन्दुमा बन्द भएको थियो। अघिल्लो दिनको तुलनामा बिहीबार कारोबार रकममा पनि गिरावट आएको छ।
बिहीबार नेप्सेमा कुल ३ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। अघिल्लो कारोबार दिन बुधबार भने कुल ४ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बिहीबार अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। नेप्सेका अनुसार कारोबारमा आएकामध्ये ४७ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
बिहीबार त्रिशुली जलविद्युत कम्पनीको सेयर मूल्य सर्वाधिक अर्थात् ७.०९ प्रतिशतले बढेको छ भने नेपाल फाइनान्स कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ।