भाग्यमानी दक्षिण अफ्रिका- नेपालसँग हारबाट बच्यो, इङल्याण्डमाथि झिनो रनले विजयी

0 Shares

काठमाडौं । दक्षिण अफ्रिकाले इङल्याण्डलाई झिनो रनले पराजित गरेको छ । योसँगै जारी टी २० विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाले अपराजित यात्रालाई कायम राखेको छ ।

सुपर आठको खेलमा दक्षिण अफ्रिकाले दिएको १६३ रनको लक्ष्य पछ्याएको इङल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको थियो । यसपछि दक्षिण अफ्रिका ७ रनले विजयी भएको हो ।

यसअघि पहिला ब्याटिङ्ग गर्दै दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । यो जितपछि दक्षिण अफ्रिकाले सुपर आठमा लगातार दुई खेल जितेको छ ।

यस विश्वकपमा दक्षिण अफ्रिकाको यो अपराजित लगातार छैटौँ जित हो । त्यस्तै इङल्याण्डले सुपर आठको दोस्रो खेलमा एक जित र एक हार बेहोरेको छ ।

अब सुपर आठको अन्तिम खेलमा दक्षिण अफ्रिकाले सोमबार वेस्ट इन्डिजको सामना गर्ने छ । इङल्याण्डले आइतबार राति अमेरिकासँग खेल्ने छ ।

सम्बन्धित समाचार