0
Shares
काठमाडौं । नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी २० प्रतियोगिता खेल्ने भएका छन् । कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले उक्त खेलमा सहभागी हुने पाएका हुन् ।
रोहितले टोरन्टो नेशनलबाट खेल्ने छन् । सन्दीप र दिपेन्द्रले भ्यान्कोभर नाइटसबाट खेल्ने भएका हुन् । गत सिजनमा सन्दीप सुर्रे जागुअर्स र दिपेन्द्र मोन्टरियल टाइगर्सबाट खेलेका थिए ।
यस सिजनको ग्लोबल टी २० जुलाई २५ देखि अगस्त ११ सम्म क्यानडाको ओन्टारियोमा हुँदैछ । यो ग्लोबल टी २० को चौथो सिजन हो ।
यसअघि २०१८ मा भ्यान्कोभर नाइट्स, २०१९ मा विनिपेग ह्वाक्स र २०२३ मा मोन्टरियल टाइगर्सले उपाधि जितेका थिए ।