राजेन्द्र लिङ्देनले रोष्टममै किन च्याते बजेट पुस्तिका ?

0 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका संसदको रोष्टममै च्यातिदिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै भौतिक योजना मन्त्री रघुवीर महासेठले आफ्नोसहित ३–४ नेताको जिल्लामा मात्र बजेट केन्द्रित गरेको भन्दै रोष्टममै बजेट पुस्तिका च्यातेका हुन् ।

उनले जिल्लाको नाम तोक्दा आलोचना हुने भन्दै कार्यक्रम मात्र लेखेर बजेट छुट्याइएको आरोप लगाए । उनले कुन विधि र तरिकाबाट आफ्नो जिल्लामा मात्र बजेट छुट्याएको हो ? भन्दै प्रश्न गरे ।

अध्यक्ष लिङ्देनले बजेट विनियोजनमा पक्षपात गरेको भन्दै मन्त्रीलाई यस्तो काम गरेको भन्दै धन्यवाद दिए । उनले भने, ‘म त तपाईलाई धन्यवाद नै दिन्छु, किनकी हामीले यो व्यवस्थाले काम गर्दैन भनिरहेको बेला तपाईहरूले यसलाई पुष्टि गरिरहनु भएको छ, तपाईहरूलाई धन्यवाद ।’

सम्बन्धित समाचार