0
Shares
काठमाडौं । एक दिवसीय शृङ्खलाको तेस्रो खेल नेपालले क्यानडा ११ को चार विकेट लिएको छ । नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको क्यानडाले नेपालसामु चार विकेट गुमाएको हो ।
नेपालका लागि सहाब आलमले तीन विकेट लिएका छन् । क्यानडाले ५१ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो ।
पहिला ब्याटिङ गरेको नेपालले ४७ ओभरमा १८१ रन बनाउँदै अलआउट भएको थियो । नेपालका लागि ओपनर ब्याट्सम्यान आशुतोष घिरैया र अर्जुन कुमालले साझेदारी गरी ५४ रन बनाएका थिए । आशुतोषले २८ रन बनाउँदा अर्जुनले २७ रन बनाए ।
कप्तान सन्दीप जोरा २४, रासिद खान १९, सुजन थपलिया २० र बसिर अहमदले २५ रन बनाए । तेस्रो नम्बरका ब्याट्सम्यान शेर मल्ल खाता खोल्न सकेनन् ।
यसअघि दुवै टोली एक-एक खेलमा विजयी भएको थियो । दोस्रो खेलमा नेपाल दुई विकेटले विजयी हुँदा पहिलो खेलमा चार विकेटले पराजित भएको थियो ।