0
Shares
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँ घटेको हो ।
योसँगै आज सुनको मूल्य तोलामा २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसअघि गत शुक्रबार सुनको मूल्यमा १२ हजार २०० रुपैयाँ घटेको थियो । योसँगै शुक्रबार सुनको मूल्य तोलामा २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ घट्दै तोलामा ३ हजार ६५ रुपैयाँमा झरेको छ । यसअघि शुक्रबार तोलामा ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।