सीजी इम्पेक्स उत्कृष्ट करदाताका रूपमा सम्मानित

0 Shares

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी इम्पेक्स प्रालि उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ ।

आज राष्ट्रिय कर दिवस २०८३ का अवसरमा सरकारले उत्कृष्ट करदातालाई सम्मान गर्ने क्रममा सीजी इम्पेक्सलाई सम्मानित गरेको हो ।

सीजी इम्पेक्स वस्तु व्यापार कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेर सरकारबाट सम्मानित भएको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीजी इम्पेक्सका तर्फबाट सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई सम्मानपत्र प्रदान गरे ।

सम्बन्धित समाचार