मंसिरमा तोकियो बैंकहरूको नयाँ ब्याजदर, कुन बैंकको ब्याजदर कति?

0 Shares

काठमाडौं । मंसिर महिनाका लागि २० वटा वाणिज्य बैंकहरूले मंगलबारदेखि लागू हुने गरी निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । मंसिरमा ६ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । १४ वटाले कात्तिककै दरलाई निरन्तरता दिएका छन् ।

ब्याजदर घटाउनेमध्ये माछापुच्छ्रे बैंकले सबैभन्दा धेरै १ प्रतिशतले कटौती गर्दै ४.५ प्रतिशतबाट ३.५ प्रतिशतमा झारेको छ । कृषि विकास बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशत घटाएर ३.६५ प्रतिशत बनाएको छ ।

यस्तै, एनएमबी बैंकले व्यक्तिगत र संस्थागत दुवैतर्फ ०.२५ प्रतिशतविन्दु घटाएर क्रमशः ४.२५ प्रतिशत र ३.२५ प्रतिशत बनाएको छ । लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत घटाएर ३.७५ प्रतिशत, कुमारी बैंकले ०.०९ प्रतिशत घटाएर ३.६१ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशत घटाएर ३.६५ प्रतिशत कायम गरेका छन् ।

यसैगरी, सानिमा बैंकले व्यक्तिगततर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.५१ प्रतिशत ब्याजदर यथावत राख्दै मंसिरमा सबैभन्दा उच्च ब्याजदर दिने बैंकको सूचीमा शीर्ष स्थान ओगटेको छ। प्रभु बैंकले ४.२५ प्रतिशत कायम गरेका छन् ।

नेपाल बैंकले ४.१५ प्रतिशत, हिमालयन बैंकले ४ प्रतिशत, एनआईसी एसिया बैंकले ४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ४ प्रतिशत, नेपाल एसबिआई बैंकले ४ प्रतिशत, प्राइम कमर्सियल बैंकले ४ प्रतिशत र ग्लोबल आइएमई बैंकले ४ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

सम्बन्धित समाचार