विराटनगरविरुद्ध पोखरा १३२ रनमै अलआउट, सन्दीपले लिए ६ विकेट

0 Shares

काठमाडौँ । सन्दीप लामिछानेको सानदार बलिङप्रेरित विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा पोखरा एभेन्जर्सलाई १३२ रनमा अलआउट गरेको छ ।

बिहीबार (कात्तिक २६) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १३२ रन बनाएको हो । आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई १३३ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा १७.५ ओभरमा १३२ रनमा समेटियो । जसमा युवराज सामराले सर्वाधिक ८४ रन बनायो। विराटनगरका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए।

५ खेलबाट ४ अंक बटुलेको विराटनगर प्लेअफ सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने बाध्यतामा छ । ५ मध्ये १ खेल मात्रै जितेको पोखराको प्लेअफ ढोका लगभग बन्द भएको छ । पोखरा आफ्नो प्रतिष्ठाको लागि आज खेल जित्ने दाउमा छ ।

आजै बेलुकी ५ बजे लुम्बिनी लायन्स र कर्णाली याक्स भिड्नेछन् ।

सम्बन्धित समाचार