काठमाडौं । पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको घोषणा गरेका छन्।
सामाजिक सञ्जाल ट्विटरमा रोनाल्डोले भिडिओ जारी गर्दै संन्यास लिएको बताएका हुन्।
४१ वर्षीय फरवार्ड रोनाल्डोले पोर्चुगलका लागि १४६ गोल गरेका छन् भने २३४ क्याप जितेका छन्। यो दुवै विश्व रेकर्ड हो।
उनले सन् २००३ मा पोर्चुगलका लागि डेब्यु गरेका थिए। गत महिना राष्ट्रिय टोलीको क्याम्पमा खटपट भएपछि उनले छाडेर हिँडेका थिए।
उनलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘पोर्चुगिज जनताका लागि भन्न चाहन्छु– मैले हाम्रो राष्ट्रिय टोलीलाई आफ्नो ७ नम्बर जर्सी फिर्ता गर्ने दिन आएको छ।’
उनले आफूले कहिल्यै एक्लो अनुभव गर्न नपरेको बताएका छन्। ‘२३ वर्षसम्म यो टिसर्ट पहिरिनु मेरो सौभाग्य रह्यो’, उनले भनेका छन्, ‘आज यो भविष्यका लागि हस्तान्तरण गर्ने दिन आएको छ। यो सहज निर्णय पक्कै हैन।’
सन् २००३ को अगस्टमा सुरु भएको एउटा यात्राले आफ्नो जीवन सदाका लागि परिवर्तन गरिदिएको र त्यो अब अन्त्य भएको उनले बताएका छन्।