काठमाडौँ – विरानटगर किंग्सले जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सविरुद्धको खेलमा जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि विराटनगरले सुरुमा ब्याटिङ गर्दै तिन विकेटको क्षतिमा १७४ रन बनाएको हो ।
जनकपुरविरुद्ध विराटनगरका लागि आन्द्रे रसेल, इम्रान शेख र लोकेश बमले अर्धशतक बनाए । रसेलले २९ बलमा पाँच छक्का र एक चाैकाको मद्दतमा ५२ रन बनाएका हुन् । शेखले ४० बलमा पाँच चौका र दुई छक्काको मद्दतमा ५३ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् । उनी अभिषेक तिवारीको बलमा १३ ओभरको दोस्रो बलमा आउट भएका हुन् । उनले ४५ बलको सामना गरेर ५६ रन बनाए ।
विराटनगरका ओपनर लोकेशले ४० बल खेलेर ५० रन पूरा गर्दै अर्धशतक पूरा गरे । उनको इनिङ्समा पाँच चौका र तीन छक्का समेटिएको थियो ।
ओपनर शेहान जयसूर्या मात्र तीन बल खेलेर एक रन बनाउँदा आउट भएपछि इम्रान र लोकेसले उत्कृष्ट साझेदारी गरेका हुन् ।
विराटनगरविरुद्ध ६ जना बलर प्रयोग गरेको जनकपुरका लागि अभिषेक तिवारीले दुई विकेट हात पार्दा मोइन अलीले एक विकेट लिए । अन्य कुनै पनि बलरले विकेट हात पार्न सकेनन् । केही बेरमा जनकपुरले जवाफी ब्याटिङ गर्ने छ ।