जनकपुरले निकाले दास्रो जित, पोखराको लगातार हार

0 Shares

काठमाडौं । जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित दर्ता गरेको छ । आइतबार सम्पन्न खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको हो ।

जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ९ विकेट गुमाएर १३८ रन मात्र बनाएको थियो । पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए । बाँकी खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

बलिङमा जनकपुरका स्पिनर हाबी भए । मोइन अलीले ३, कप्तान हर्मीत सिंह र सैफ हसनले दुई दुई तथा जिम्मी निशम र ललित राजवंशीले एक एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो । जनकपुरका लागि ओपनर त्रितराज दासले ५५ बलमा ६१ रनको योगदान दिएका थिए ।

पोखराका लागि सबै विकेट विदेशी खेलाडीले लिए । शाकिब अल हसनले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा १५ रन खर्चिएर ३ विकेट लिएका हुन् । चमिका करुणारत्ने २, महेदी हसन, र मोहम्मद सैफुद्दिनले एक एक विकेट लिए ।

सम्बन्धित समाचार