काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिङ्क्सको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानमा हालसम्म नौ जना भाग्यशाली उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितेका छन् । अभियानअन्तर्गत अझै २८ वटा मोटरसाइकल तथा स्कुटर र एउटा कार जित्ने अवसर बाँकी छ ।
दशैंलाई लक्षित गरी सञ्चालन गरिएको यस अभियानमा देशका विभिन्न स्थानका उपभोक्ता विजेता बनेका छन् । सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने बनेपाका राजकुमार तामाङ र धादिङका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् ।
त्यस्तै, बुटवलका नरबहादुर फौगाडले स्कुटर र धनगढीका मोहन श्रेष्ठले मोटरसाइकल जितेका छन् । पछिल्लो चरणमा जनकपुरका कौटल्य कुमार सिंह र बिर्तामोडका तेज नारायण सिंहले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् । धरानका मनोज कुमार अधिकारी र वीरगञ्जका रमेश बस्नेतले यामाहा रे जेडआर स्कुटर जितेका छन् ।
अभियानअन्तर्गत कुल १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्नेछन् । यसबाहेक एक जना भाग्यशाली उपभोक्ताले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार पाउनेछन् ।
यसरी अभियानमा ३६ वटा मोटरसाइकल तथा स्कुटर र एउटा कार गरी कुल ३७ वटा सवारीसाधन पुरस्कारका रूपमा राखिएका छन् । हालसम्म नौ जना विजेता सार्वजनिक भइसकेकाले अब २८ वटा मोटरसाइकल तथा स्कुटर र एउटा कार विजेताले पाउन बाँकी छ ।
सुर्खेत, बनेपा, धादिङ, बुटवल, धनगढी, जनकपुर, बिर्तामोड, धरान र वीरगञ्जका उपभोक्ता विजेता बनेसँगै अभियानको उत्साह देशका विभिन्न सहरमा फैलिएको छ । आगामी दिनमा थप विजेता सार्वजनिक हुँदै जाँदा उपभोक्ताको उत्साह अझ बढ्ने कम्पनीको विश्वास छ ।
‘हरेक क्यानमा ऊर्जा र हरेक जितमा नयाँ उत्साह’ भन्ने सन्देशसहित सञ्चालन भइरहेको अभियानमा म्याक्स टाइगर इनर्जी ड्रिङ्क्स खरिद गरेर सहभागी हुन सकिने कम्पनीले जनाएको छ । अब बम्पर पुरस्कारको प्रोटोन कार कसले जित्ला भन्ने चासो पनि बढेको छ ।