पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने

0 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङ रोजेपछि जनकपुरले ब्याटिङ गर्ने भएको हो।

एनपीएलमा दोस्रो खेल खेल्न लागेको पोखरा पहिलो जितको खोजीमा छ। पोखरा पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको हो।

जनकपुर भने दोस्रो जितको खोजीमा छ। एक खेलमा जित र एक खेलमा हार भोगेको जनकपुर तालिकाका २ अंक थप्न चाहन्छ।

जनकपुर पयहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। दोस्रो खेलमा भने काठमाडौलाई ८ विकेटले हराएको थियो।

सम्बन्धित समाचार