0
Shares
काठमाडौं । नेपाली बजारमा बुधबार सुन चाँदीको मूल्य बढेको छ । मंगलबार तोलामा ८०० रुपैयाँ बढेको सुनको मूल्य आज थप ९०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला तीन हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा तीन हजार ९८० रुपैयाँमा कारोबार भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।