काठमाडौं । अधिकांश नेपालीहरूका लागि दसैं भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो । तर, दसैंमा घर फर्किनका लागि टिकट पाउन धेरैलाई कठिन हुने गर्छ । यही समस्यालाई ध्यानमा राख्दै कोका-कोलाले ‘भरौँ खुसी’ दसैं अभियान २०२६ सञ्चालनमा ल्याएको छ । यस अभियानले दसैंको खुसीलाई थप विशेष बनाउनुका साथै घर फर्किने यात्रालाई सहज बनाउन सहयोग गर्ने उद्देश्य राखेको छ ।
‘भरौँ खुसी’ अभियान सुरू भएदेखि सयौँ सहभागीहरू फ्लाइट र बस टिकट भौचर विजेताका रूपमा छनोट भइसकेका छन् । धेरैका लागि पनि यसमा सहभागी हुने, टिकट जित्ने र आफ्ना परिवारसँग दसैं मनाउन घर जाने अवसर अझै बाँकी रहेको छ ।
भदौ १८ देखि कात्तिक २९ गतेसम्म लागू हुने यस योजनाले सहभागीहरूलाई दसैं विशेष २.२५ लिटर र १.५ लिटर कोक, स्प्राइट र फ्यान्टाको पेट बोटलमा उपलब्ध क्युआर कोड स्क्यान गरी वेबसाइटमार्फत रजिस्टर गरेर भौचर जित्ने मौका प्राप्त गर्न आह्वान गर्दछ ।
कोका-कोला बोटलर्स नेपालका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अजय कोनालेले भने, ‘दसैं भनेको प्रायः टाढा रहेका परिवार र आफन्तहरू एकै ठाउँमा भेला हुने समय हो, नेपालीहरूका लागि दसैंमा घर फर्कनु र परिवारसँग समय बिताउनु कति धेरै अर्थपूर्ण हुन्छ भन्ने हामी बुझ्दछौँ, भरौँ खुसी’मार्फत हामी यिनै भेटघाटहरूलाई सहज बनाउन सहयोग गर्ने भूमिका निर्वाह गरिरहेका छौँ ।’
यस अभियानअन्तर्गत विशेष टिभिसी (टेलिभिजन विज्ञापन) पनि प्रशारण भइरहेको छ । जसमा कोका-कोलाका ब्रान्ड एम्बेसेडरद्वय प्रदीप खड्का र स्वस्तिमा खड्काको अभिनय रहेको छ । उक्त टिभिसीमा दसैंमा घर फर्कँदा महसुस गरिने व्यग्र प्रतीक्षाका पलहरू र सँगै हुँदाका आत्मीय क्षणहरूलाई कलात्मक र भावनात्मक रूपमा प्रस्तुत गरिएको छ ।
विशेषतः काम, पढाई वा अन्य विविध कारणले आफ्नो गृहजिल्लाभन्दा टाढा बस्दै आएकाहरूका लागि दसैं परिवारसँग साथ हुने अवसर हो । यस अभियानले यी भेटघाटहरूको महत्त्वलाई उजागर गर्दछ । साथै, नेपालीहरूले वर्षदिनमा एकपटक आउने महान चाड आफ्ना प्रियजनहरूसँगै एकै ठाउँमा रही मनाउनका लागि गर्ने हरेक प्रयास र समर्पणलाई पनि ‘भरौँ खुसी’ अभियानले आत्मसात गर्दछ ।