काठमाडौं । सामसङ नेपालले एनसेलसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि दशैं विशेष अफर ल्याएको छ। यसअन्तर्गत एनसेलका ग्राहकले छानिएका सामसङका टिभी, फ्रिज र वासिङ मेसिन खरिद गर्दा ३१ प्रतिशतसम्मको लाभ लिन सक्नेछन्।
सामसङको चलिरहेको चाडपर्व अफरमा एनसेलका ग्राहकले थप १२ प्रतिशतसम्म छुट पाउनेछन्। दुवै अफर जोड्दा योग्य मोडेलमा कुल ३१ प्रतिशतसम्मको लाभ लिन सकिने कम्पनीले जनाएको छ।
‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा!’ नारासहित सञ्चालन भइरहेको सामसङको चाडपर्व अफरलाई एनसेलसँगको सहकार्यले थप आकर्षक बनाएको कम्पनीको भनाइ छ। यसबाट ग्राहकलाई चाडपर्वका बेला घरायसी उपकरण खरिद गर्दा थप सुविधा मिल्ने अपेक्षा गरिएको छ।
यो अफर लिन ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ खण्डमा गएर आफूले पाउने छुट हेर्न सक्नेछन्। एनसेलका प्याकमा गर्ने खर्चका आधारमा ग्राहकलाई लागू हुने छुट र अफर फरक हुन सक्ने कम्पनीले जनाएको छ।
एपबाट आफूलाई लागू हुने अफर हेरेपछि ग्राहकले अफर कोड लिनुपर्नेछ। उक्त कोड प्रयोग गरी नजिकैको सहभागी सामसङ आधिकारिक विक्रेताबाट आफूले चाहेको योग्य सामान खरिद गर्न सकिनेछ।
कम्पनीका अनुसार यो अफर छानिएका टिभी, फ्रिज र वासिङ मेसिनमा मात्र लागू हुनेछ।