बुद्ध एयरको वार्षिकोत्सवमा शिशु यात्रुलाई ५० प्रतिशत छुट

0 Shares

काठमाडौँ । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले आफ्नो २९औँ वार्षिकोत्सवको अवसरमा शिशु यात्रुका लागि हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ । कम्पनीले ‘लिटिल ट्राभलर्स, अ लिटल मोर लभ’ अभियानअन्तर्गत भोलि देखि शिशु यात्रुको टिकटमा ५० प्रतिशत छुट दिने भएको हो ।

वार्षिकोत्सव सप्ताह विशेषअन्तर्गत ल्याइएको यो योजना अक्टोबर १ (असोज १५) देखि ११ (असोज २५) सम्म लागू हुने कम्पनीले जनाएको छ ।साथै यो योजना २ वर्ष मुनिका शिशु यात्रुहरुको लागि मात्र मान्य हुने छ।

यस योजनाअन्तर्गत यात्रा गर्ने शिशुका लागि ममबड्स यूएसएसँगको सहकार्यमा विशेष ‘बेबी केयर गुडी’ समेत उपलब्ध गराइनेछ । बुद्ध एयरले २८ वर्षको यात्रा पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको अवसरमा यात्रुप्रति आभार व्यक्त गर्न तथा पारिवारिक यात्रालाई सहज र किफायती बनाउन यो योजना ल्याइएको जनाएको छ ।

कम्पनीका अनुसार अफरसम्बन्धी थप जानकारी बुद्ध एयरको आधिकारिक वेबसाइट तथा नजिकैको काउन्टरबाट लिन सकिनेछ ।

सम्बन्धित समाचार