भारी गिरावटपछि उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँ बढेर २ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको हो ।

यसअघि सोमबार तोलामा ५ हजार घटेको सुनको मूल्य मंगलबार थप ३ हजार ८ सय रुपैयाँ घटेको थियो । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि पनि बढेको छ । तोलामा ३० रुपैयाँ बढेर चाँदीको मूल्य आज ४ हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

हिजो तोलामा २६० रुपैयाँ घटेर चाँदीको मूल्य ४ हजार ३९५ रुपैयाँमा झरेको थियो ।

सम्बन्धित समाचार