३० अर्बको एक महिने निक्षेप संकलन गर्दै राष्ट्र बैंक

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्बको एक महिने निक्षेप संकलनको बोलकबोल आह्वान गरेको छ ।

राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको बोलकबोलमा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने जनाएको छ ।

राष्ट्र बैंकका अनुसार घटीमा १० करोड र बढीमा १० करोडले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म गर्न सकिने छ ।

सम्बन्धित समाचार