नागढुंगा-मुग्लिन सडक खण्ड : १० ठाउँमा पहिरो, सडक अवरुद्ध

0 Shares

काठमाडौं । नागढुंगा-मुग्लिन सडक खण्डको विभिन्न १० ठाउँमा पहिरो गएको छ । नागढुंगा-मुग्लिन सडक आयोजनाका अनुसार आइतबार बिहान १० बजेसम्म यो सडक खण्डको १० ठाउँमा पहिरो गएको छ ।

आयोजनाका अनुसार कृष्णभिर, ज्यामिरेघाट चौकीभिर, घोप्टेभिर र सिमलधारामा पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध रहेको छ ।

शीलतबजार, गोमती खोला, हुग्दी खोलादेखि जवाङ खोला, फिस्लिङ, चुम्लिङटार र धारापानी क्षेत्रमा पहिरो खसेको छ । जसका कारण यी क्षेत्रमा सडक एकतर्फी रहेको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार पानी पर्न रोकिएपछि सबै स्थानमा आवश्यक उपकरण परिचालन गरी अवरुद्ध सडक खोलिने छ । आयोजनाले भनेको छ, ‘आज पनि यस सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहने हुँदा सकेसम्म यात्रा नगर्नुहुन सम्पूर्ण सडक प्रयोगकर्तालाई अनुरोध छ ।’

सम्बन्धित समाचार