भोटेकोशी बाढी पीडितलाई अमेरिकाले थप चार अर्ब ७१ करोड सहयोग गर्ने

0 Shares

काठमाडौं । अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर अर्थात चार अर्ब ७१ करोड नेपाली रुपैयाँ प्रदान गर्ने भएको छ । यसअघि पटकपटक गरी अमेरिकाले लाखौँ डलर सहयोग गर्ने प्रतिबद्धता गरेको थियो ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरले बुधबार भएको भेटमा उक्त जानकारी दिएका हुन् ।

उपविदेश मन्त्री हुकरले बाढीपछिको पुनःर्निर्माणका निम्ति एक करोड डलर प्रदान गर्ने योजना रहेको बताए । उनले बाढीबाट प्रभावित समुदायका लागि खानेपानी र सरसफाइका साथै आवास र जीविकोपार्जनका लागि ८० लाख डलर प्रदान गर्ने घोषणा गरेका हुन् । रासस

सम्बन्धित समाचार