सामसङ नेपालको दशैं–तिहार अफर, दैनिक र साप्ताहिक लक्की ड्रमा आकर्षक उपहार

0 Shares

काठमाडौँ । सामसङ नेपालले दशैं तथा तिहारलाई लक्षित गर्दै ‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा’ नामक विशेष योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले सामसङका टिभी तथा होम अप्लायन्स खरिदमा क्यासब्याक, पक्का उपहार तथा दैनिक र साप्ताहिक लक्की ड्रमार्फत आकर्षक पुरस्कार जित्ने अवसर पाउने भएका छन् ।

यो योजना सेप्टेम्बर २० देखि नोभेम्बर १६, २०२६ सम्म सञ्चालन हुनेछ । योजनाअन्तर्गत सामसङका टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एयर कन्डिसनर खरिद गर्ने ग्राहकले आफ्नो खरिद दर्ता गरी लक्की ड्रमा सहभागी हुन सक्नेछन् ।

कम्पनीका अनुसार योजनाअन्तर्गत दैनिक ३१ जना विजेता छनोट गरिनेछ । दैनिक विजेताले सामसङको ९ केजी फ्रन्टलोड वासिङ मेसिन वा ५५ इन्चको यूएचडी टिभीमध्ये एक पुरस्कार जित्ने अवसर पाउनेछन् । त्यस्तै, साप्ताहिक रूपमा ८ जना विजेता छनोट गरी १ टनको सामसङ एयर कन्डिसनर प्रदान गरिनेछ ।

लक्की ड्रमा सहभागी हुन ग्राहकले खरिद गरेको सामानमा रहेको १४ अंकको सिरियल नम्बर प्रयोग गरी सिरियल नम्बरसमेत राखी ३७२७३ मा एसएमएस पठाउनुपर्नेछ । एसएमएस पठाएपछि ग्राहकले सहभागिताको पुष्टि एसएमएसमार्फत प्राप्त गर्नेछन् । विजेताको घोषणा हरेक बुधबार इमेज च्यानलको ‘म्युजिक अफ योर च्वाइस’ कार्यक्रममा गरिने कम्पनीले जनाएको छ । विजेताको सूची स्मार्ट प्लाजा तथा बिग डिजिटलका फेसबुक पेजमा समेत सार्वजनिक गरिनेछ ।

लक्की ड्रसँगै ग्राहकले छनोट गरिएका सामसङ टिभी तथा होम अप्लायन्समा थप क्यासब्याक र उपहारसमेत प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार टिभीमा अधिकतम २६ प्रतिशत, रेफ्रिजेरेटरमा २१ प्रतिशत तथा वासिङ मेसिनमा १८ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ ।

त्यस्तै, रेफ्रिजेरेटर खरिदमा अधिकतम ५ हजार रुपैयाँ र वासिङ मेसिनमा अधिकतम ३ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस उपलब्ध हुनेछ । छनोट गरिएका टिभी मोडलमा निःशुल्क साउन्डबार तथा १२ महिनासम्म निःशुल्क नेटटीभी प्याकेज र केही वासिङ मेसिन मोडलमा ६ केजी सर्फ एक्सेल म्याटिक डिटर्जेन्टसमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

ग्राहकको सहजताका लागि हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत सञ्चालन हुने सामसङ इन्स्टा फाइनान्स सेवाबाट १२ महिना वा २४ महिनाको ईएमआई योजनामा समेत उपकरण खरिद गर्न सकिनेछ । पुराना उपकरण साटेर नयाँ सामसङ उपकरण खरिद गर्न चाहने ग्राहकले अर्को स्टोर तथा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरमार्फत एक्सचेन्ज सुविधा लिन सक्नेछन् ।

कम्पनीका अनुसार अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ र यसमा सर्त तथा नियमहरू लागू हुनेछन् । थप जानकारीका लागि ग्राहकले नजिकको अधिकृत सामसङ स्टोरमा सम्पर्क गर्न सक्नेछन् ।

सम्बन्धित समाचार