स्रोत नखुलेको ३५ लाखसहित दुई जना पक्राउ

0 Shares

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ३४ लाख ९५ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका २ का ४२ वर्षीय सन्तोष भुसाल र पर्साको वीरगञ्ज महानगर २१ का ४० वर्षीय प्रवेश महत्तो रहेका छन् । काठमाडौं महानगर २९, अनामनगरस्थित किम्ची रेष्टुरेण्टमा स्रोत नखुलेको हुण्डीको रकम कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ परेका दुवै जनाको साथबाट स्रोत नखुलेको सो रकम बरामद गरिएको छ । प्रहरीले पक्राउ परेका दुवै जनाविरुद्ध हुण्डीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित समाचार