कोरला नाकाबाट उठ्यो तीन अर्ब सात करोड राजस्व

0 Shares

काठमाडौं। नेपाल–चीन व्यापारका लागि वैकल्पिक मार्गको रुपमा प्रयोग हुन थालेको मुस्ताङको कोरला नाकाले चालू आवको दुई महिनामा तीन अर्ब ७ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

नेपाल–चीन व्यापारका लागि प्रयोग हुँदै आएको रसुवागढी र तातोपानी नाका बन्द हुँदा कोरला नाका मार्फत व्यापारिक गतिविधि बढ्दा ठूलो मात्रामा राजस्व संकलन भएको हो ।

गत भदौ १० को बाढीले भन्सार कार्यालयसहित सडक पूर्वाधार बग्दा रसुवागढी नाका पूर्ण रुपमा अवरुद्ध छ भने चीनले तातोपानी नाका पनि अस्थायी रुपमा बन्द गरेको छ।

यस्तोमा नेपाल–चीन स्थलगत व्यापार कोरला नाकाले थेगेको छ।कोरला भन्सार कार्यालयका अनुसार साउनमा साउनमा २६ करोड ३९ लाख रुपैयाँ र भदौमा २ अर्ब ८१ करोड ५४ लाख रुपैयाँ राजस्व संकलन भएको हो।

कोरला नाकाबाट साउनमा ५७ वटा र भदौमा ६९७ वटा कन्टेनर भित्रिएका छन्। जसबाट ९६ करोड ६२ लाख रुपैयाँ राजस्व संकलन भएको छ। विद्युतीय गाडी (ईभी) साउनमा १०० युनिट र भदौमा १२ सय ५३ युनिट भित्रिएको छ। जसबाट २ अर्ब ११ करोड ३१ लाख रुपैयाँ राजस्व संकलनको कार्यालयले जानकारी दिएको छ।

सम्बन्धित समाचार