0
Shares
काठमाडौं । प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ जम्मा गरेका एक जना करदाता प्रोत्साहन कार्यक्रममा एक लाख रुपैयाँ जित्न सफल भएका छन् ।
आन्तरिक राजस्व विभागले आज करदाता प्रोत्साहन कार्यक्रमको भदौ महिनाका विजेता घोषणा गरेको छ । यस क्रममा प्रधानमन्त्री राहत कोषमा एक हजार रुपैयाँ जम्मा गरेका ग्राहक विजयी भएका हुन् । उनको कुपन नम्बर ०४२६१८४७७६२० रहेको छ ।
सरकारले हरेक १५र१५ दिनमा घोषणा गर्नुपर्ने यो कार्यक्रमको विजेता यस पटक मासिक रुपमा घोषणा गरिएको हो । १० भदौको बाढीका कारण १६ भदौको कार्यक्रम रोकिएको थियो ।