बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँ तथा चाँदीको मूल्य ६० रुपैयाँ बढेको हो ।

योसँगै आज सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ अघिल्लो दिन प्रतितोला ४ हजार ६०० रुपैयाँ रहेकोमा आज ४ हजार ६६० रुपैयाँ कायम भएको छ ।

 

सम्बन्धित समाचार