काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले फार्म समर्थन बिक्री मूल्यमा पुनः बढाएको छ । योसँगै बजारमा अन्डाको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
आज शुक्रबारदेखि लागू हुने गरी संघले सार्वजनिक गरेको नयाँ मूल्यअनुसार सबै प्रकारका अन्डामा प्रतिक्रेट १५ रुपैयाँ बढेको छ । योसँगै अन्डाको फार्म मूल्य हालसम्मकै उच्च भएको हो ।
यसअघि भदौ ४ मा तोकिएको मूल्यअनुसार एक्सएल आकारको अन्डाको फार्म मूल्य प्रतिक्रेट ५९० रुपैयाँ रहेकोमा अहिले १५ रुपैयाँ बढेर ६०५ रुपैयाँ पुगेको छ ।
त्यसैगरी ठूलो अन्डा प्रतिक्रेट ५७५ बाट ५९० रुपैयाँ पुगेको छ । मिडियम अन्डाको मूल्य ५३५ बाट ५५० रुपैयाँ कायम भएको छ ।
सानो अन्डाको मूल्य भने प्रतिपेटी ३ हजार २ सय रुपैयाँ यथावत राखिएको छ । यो फार्म मूल्य हो । उपभोक्ता मूल्य २५ रुपैयाँ तोकिएको छ । त्यस्तै मिडियम अन्डा दुई वटा खरिद गर्दा उपभोक्ताले ४५ रुपैयाँ पुगेको छ ।