काठमाडौं । लैनचौर स्थित भारतीय राजदूतावासको पर्खालबाट निस्केको पानीले कपिल रेग्मीको घरमा क्षति पुर्याएको छ । काठमाडौं महानगरपालीकम वडा न २६ कपुरधार स्थित रेग्मीको घरमा दुतावासको पर्खालबाट फोहोर पानी सहतिको भल पसेको हो ।
दुतावास परिसरमा जम्मा भएको पानीको व्यवस्थित निकासको नहुँदा पर्खालबाट आफ्नो घरमा आएको रेग्मीले बताए । रेग्मीको घर मात्र नभई त्यस क्षेत्रको भित्री बाटोमा समेत हिलो र बालुवा जम्मा भएको छ । मंगलबार दूतावासको पर्खालबाट आएको फोहोर पानीले रेग्मीको घरको पहिलो तल्ला नै डुबाएको थियो । साथै पर्खा वरपरिका भित्रि बाटाहरु पनि हिलोका कारण यात्रा गर्न नसकनिे अवस्थामा पुगेको स्थानीयहरु बताउँछन ।
‘दुतावासबाट आएको भल मंगलबार पहिलो पटक होइन,’ रेग्मीले भने, ‘विगतका पनि लामो समयमा पानी पर्यो भने दुतावसको पर्खालबाट पानी आउने गरेको भएपनि यसपटक भने ठुलो मात्रामा लेदो सहितको भल आएपछि घरमा क्षति पुर्याएको हो ।’ दुतावासले बर्षाको समयमामा जम्मा हुने पानीको व्यवस्थित निकास नगर्दा आफूलाई क्षति पुगेको रेग्मीको आरोप छ ।
भारतीय दूतावास परिसरको पानी ओभरफ्लो भई आसपासको क्षेत्रमा बाढी÷पानी जम्ने अवस्था सिर्जना भएको त्यहाँका स्थानीको भनाइ छ । दुतावासले समयमा नै भलको प्रभावकारी निकासको व्यवस्था नगर्दा स्थानीय बासिन्दाको घरसम्पत्तिमा क्षति पुगेको उनको भनाइ छ । यस सन्दर्भमा थप बुझ्नका लागि दुतावासका कर्मचारी नन्दन वशिष्ठलाई सम्पर्क गर्दा केही जवाफ आउन सकेन ।