0
Shares
काठमाडौं । मंगलबार सुनको मूल्य थप गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेर ३ लाख ६ हजार १ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार एकै दिन तोलामा ९ हजार ५ सय घटेको सुनको मूल्य सोमबार थप तोलामा २ हजार ४ सय घटेर ३ लाख ६ हजार ६ सय रुपैयाँमा झरेको थियो ।
त्यसैगरी चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेर ४ हजार ७६५ रुपैयाँमा झरेको छ ।