काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ। साताको दोस्रो कारोबार दिन सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर ३ लाख २२ हजार ७ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ७६ हजार ६ सय ६५ रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य भने सामान्य घटेको छ। चाँदी प्रतितोला १० रुपैयाँले घटेर ४ हजार ९ सय ६५ रुपैयाँ मा कारोबार भइरहेको छ। १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ५६ रुपैयाँ ५० पैसा कायम भएको छ ।
यससँगै नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइतर्फ अघि बढेको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तनका आधारमा सुनचाँदीको मूल्य निर्धारण हुँदै आएको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६४३.२३ अमेरिकी डलर र चाँदी ६८.९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।