0
Shares
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन **प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँ**मा कारोबार भइरहेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँ थियो ।
यता, चाँदीको मूल्य भने सामान्य घटेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर ४ हजार ९७५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तनका आधारमा सुनचाँदीको मूल्य निर्धारण हुँदै आएको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६०३.३ अमेरिकी डलर र चाँदी ६८.९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।