नामीले नयाँ भिगो ‘ई टू- फुल एसयूभी’ सार्वजनिक गर्ने

0 Shares

काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले आगामी अगस्ट १९ अर्थात बुधबार नयाँ नामी भिगो ई टू सार्वजनिक गर्ने भएको छ । नामी भिगोको नयाँ संस्करणलाई ‘फुल एसयूभी’का रूपमा बजारमा प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।

भिगो ई टूले पर्याप्त ठाउँ, आधुनिक फिचर र व्यावहारिक प्रदर्शनमार्फत ग्राहकलाई पूर्ण एसयूभी अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । नेपालमा नामीले ग्राहकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । हालसम्म देशभर दुई हजारभन्दा बढी नामी गाडी सडकमा गुड्न थालेका छन् ।

भिगोले मनाङ, मुस्ताङ, शुक्लाफाँटालगायतका चुनौतीपूर्ण गन्तव्यहरूमा आफ्नो क्षमता पनि प्रदर्शन गरिसकेको छ । यस्ता वास्तविक यात्राहरूले भिगोलाई भरपर्दो र प्रमाणित इलेक्ट्रिक एसयूभीका रूपमा स्थापित गर्न सहयोग गरेका छन् ।

नयाँ भिगो ई टूले भिगोको एसयूभी पहिचान, फराकिलो क्याबिन र व्यावहारिक प्रदर्शनलाई निरन्तरता दिने छ । दैनिक प्रयोगदेखि लामो यात्रासम्मका लागि सक्षम इलेक्ट्रिक एसयूभी खोजिरहेका ग्राहकलाई लक्षित गरी यसलाई डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

भिगो ई टूको आधिकारिक मूल्य तथा सम्पूर्ण उत्पादनसम्बन्धी जानकारी सोही दिनको कार्यक्रममा घोषणा गरिने छ ।

सम्बन्धित समाचार