काठमाडौं । गत आर्थिक वर्ष २०८२/०८३ को अन्त्यमा जीवन बीमा कम्पनीहरुको औसत प्रति शेयर आम्दानी ५.७० रुपैयाँ रहेको छ भने औसत प्रति शेयर नेटवर्थ १२९.६४ रुपैयाँ रहेको छ ।
जसमध्ये सबैभन्दा धेरै ईपीएस आईएमई लाइफको रहेको छ भने सबैभन्दा धेरै प्रति शेयर नेटवर्थ लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालको रहेको छ । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी ईपीएस र प्रति शेयर नटवर्थ दुवैमा दोस्रो नम्बरमा रहेको छ ।
कुन कम्पनीको ईपीएस कति ?
आईएमई लाइफको ११.६८ रुपैयाँ, रिलायबल लाइफको ११.२१, सन नेपाल लाइफकाे ७.९२, एशियन लाइफको ७.८९, सिटिजन लाइफको ७.८२, सानिमा रिलायन्स लाइफको ७.६५ र सूर्यज्योति लाइफको ७.५९ रुपैयाँ ईपीएस रहेको छ ।
कुन कम्पनीको प्रति शेयर नेटवर्थ कति ?
सबैभन्दा धेरै प्रति शेयर नेटवर्थ एलआईसीको १७७.८७ रुपैयाँ, रिलायबल लाइफको १४८.४९ रुपैयाँ, सन नेपालको १४२.८८, आईएमई लाइफको १३५.६६, सिटिजन लाइफको १३१.६४, नेशनल लाइफको १२७.७५ र नेपाल लाइफको १२६.०७ रुपैयाँ रहेको छ ।
