घोराही सिमेन्टको आम्दानी बढेसँगै घाटा घट्यो

0 Shares

काठमाडौँ । आम्दानीमा सुधार आएपछि घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको घाटा घटेको छ। कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३० करोड ८० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको घाटा ५५ करोड ४३ लाख रुपैयाँ थियो। यसअनुसार कम्पनीको घाटा एक वर्षमा २४ करोड ६३ लाख रुपैयाँले घटेको हो ।

कम्पनीको खुद आम्दानी ६४.८४ प्रतिशतले बढेको छ। अघिल्लो आवमा ७१ करोड ६७ लाख रुपैयाँ रहेको खुद आम्दानी समीक्षा अवधिमा बढेर १ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। आम्दानीमा आएको सुधारले कम्पनीको घाटा कम गर्न सहयोग गरेको देखिन्छ ।

वित्त खर्च ६३.८७ करोड

कम्पनीको खर्च भने अझै उच्च रहेको छ। समीक्षा अवधिमा प्रशासनिक, बिक्री तथा वितरण खर्च २१ करोड ३३ लाख रुपैयाँ रहेको छ। त्यस्तै, ह्रासकट्टी खर्च ६७ करोड ३७ लाख रुपैयाँ र वित्तीय खर्च ६३ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

घोराही सिमेन्टको रिटेन्ड अर्निङ पनि घटेको छ। अघिल्लो आवमा १ अर्ब ४३ करोड रुपैयाँ रहेको रिटेन्ड अर्निङ समीक्षा अवधिमा घटेर ६४ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ ।

ईपीएस ६.१३ रुपैयाँ ऋणात्मक

कम्पनी घाटामा रहेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ १३ पैसा ऋणात्मक रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ७२ पैसा तथा प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४२५ रुपैयाँ ८७ पैसा रहेको छ । त्यस्तै, कम्पनीको तरलता अनुपात ०.६५७ प्रतिशत रहेको छ ।

समग्रमा, आम्दानीमा ६४.८४ प्रतिशतको वृद्धि भए पनि घोराही सिमेन्ट अझै घाटामै रहेको छ। विशेषगरी उच्च वित्तीय खर्च र ह्रासकट्टी खर्च कम्पनीको नाफा सुधारका लागि प्रमुख चुनौतीका रूपमा देखिएका छन्।

सम्बन्धित समाचार