रिलायबल लाइफको नाफा ५८ करोड बढी, ३२ प्रतिशतले बढ्यो जीवन बीमा कोषको आकार

0 Shares

काठमाडौं । गत आर्थिक वर्ष २०८२/०८३ मा रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा सामान्य वृद्धि भएको छ । कम्पनीले गत वर्ष ५८ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ५७ करोड १ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको कुल आम्दानी ६ अर्ब ८२ करोडबाट बढेर गत वर्ष ७ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ भने खर्च पनि ६ अर्ब २१ करोडबाट बढेर ७ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले ३ लाख ११ हजार २४ वटा बीमा पोलिसि बिक्री गरेका छ ।

गत आवको असार मसान्तसम्म कम्पनीले दिर्घकालका लागि २३ अर्ब ८७ करोड र अल्पकालका लागि १ अर्ब ३१ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ । कम्पनीको जीवन बीमा कोषको आकार ३२.१२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष १३ अर्ब ५७ रुपैयाँ रहेको कोषमा गत आवको अन्त्यमा १७ अर्ब ९३ करोड पुगेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी ११.२१ रुपैयाँ, प्रति शेयर नेटवर्थ १४८.४९ रुपैयाँ र प्रति शेयर सम्पत्तिको मूल्य ५१४.४८ रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार