लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । लगातार तीन दिनसम्म सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्यमा भारी गिरावट आएसँगै प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेर ३ लाख ६ हजार २०० मा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा ९० रुपैयाँ घटेको हो । योसँगै चाँदीको मूल्य आज ४ हजार ६६० रुपैयाँमा झरेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ ४ हजार ७५० रुपैयाँ थियो।

सम्बन्धित समाचार