रोल्पामा पहिरोले घररगोठ पुरियो, दुई जनाको मृत्यु-थप विवरण आउन बाँकी

0 Shares

रोल्पा । अविरल वर्षाका कारण पहिरो जाँदा थबाङ गाउँपालिका ५ बोटलबारामा घरसहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ ५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६० वर्षीय कमलबहादुर पुन मगर छन् । घाइते हुनेमा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर छन् ।

कार्यालयले दिएको जानकारीअनुसार साउन २७ गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा घर सहित गोठ पुरिएरका थिए । गए राति घटनास्थलमा प्रहरी टोली पुगेको थिए ।

प्रहरी र स्थानीयवासीको सहयोगमा घाइते उद्धार गरी उपचारार्थ स्वास्थ्य सस्थामा पठाइएको र दुवैको अवस्था गम्भीर रहेको जनाइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुमान अनुसार पहिराबाट छ घर र गोठ क्षति पुगेको छ ।

सम्बन्धित समाचार