भेरी नदीमा खस्यो जिप, दुई जना बेपत्ता

0 Shares

काठमाडौं । भेरी नदीमा जिप खस्दा २ जना बेपत्ता भएका छन्।

बुधबार दिउँसो साढे १ बजे सल्यानको बनगाड नगरपालिकास्थित बालुवासंग्रहीबाट सल्लीबजार जाँदै गरेको लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी दिपक पातलीका अनुसार जिप खसेपछि त्यसमा सवारमध्ये २ जना पौडिएर निस्किएका थिए।

उनीहरूको सल्लीबजारमा उपचार भइरहेको छ।

थप २ जना भने जिपसहित भेरीमा बेपत्ता भएका छन्। दुर्घटनापश्चात प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ।

सम्बन्धित समाचार